२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाले सहकारी सञ्चालनमा ल्याउँदै

२०७८ माघ १०, सोमबार प्रकाशित ( साल अघि) २०८६ पाठक संख्या

कावासोती  । नवलपुरको मध्यबिन्दु – २ कोल्हुवा स्थित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहकारी संस्था स्थापना गरेको छ ।

 

उत्पादनशिल क्षेत्रमा लगानी गरि ग्रामीण क्षेत्रको गरिवी निवारण गर्ने उद्देश्यले कोल्हुवा खानेपानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको स्थापना गरेको हो ।

 

यस सहकारीमा मध्यविन्दु नगरपालीकाका १,२ र ३ वडाका खानेपानी उपभोक्ताका लागी मात्रै सहकारीले शेयर दिने तथा लगानी गर्ने कोल्हुवा खानेपानी संस्थाका अध्यक्ष श्रीधर शर्माले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार धारा उपभोक्ताहरुलाई मात्र ऋण प्रदान गर्ने हुदा जोखिम एकदमै न्यून रहेको दावी समेत गर्नुभयो । सहकारी स्थापना गर्दे गर्दा यस क्षेत्रमा भएका अन्य सहकारी संस्थाहरु प्रति अस्वस्थ प्रतिशप्रर्धा नगर्ने उत्पादन क्षेत्रमा मात्र लगार्नी गर्ने उहाँको भनाई छ ।

 

त्यस्तै सहकारी मार्फत उत्पादनशील क्षेत्र अन्तर्गत टपरी उद्योग, अधुवा वेसार प्रसोधन केन्द्र, मिनिलर वाटर उद्योग लगायत उत्पादनशील क्षेत्रप्रति स्थानीहरुलाई रोजगारी दिदै उनिहरुको स्तरउन्तीको विकासमा टेवा पुर्याउन सहकारीले महत्वपुर्ण भुमिका खेल्ने सहकारीका अध्यक्ष अनन्त भुषालले जानकारी दिनुभयो ।

 

न्यूनतम प्रति शेयर १ सय रुपैयाँको दरले आफूलाई आवश्यक पर्ने शेयर खरिद गर्न सक्नुहुनेछ भने सहकारीमा हाल सम्म ८० जना शेयर सदस्य आवद्धभई फर्म भरेका छन् । यस सहकारीमार्फत न्यूनतम बचतमा ५ प्रतिशत र ऋणमा ८ प्रतिशत दिने व्यवस्था गरेको सहकारी संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस