२०८३ भाद्र २५, बिहिबार
नयाँ
पछिला अपडेट

एसईईको परीक्षा बैशाखमा, कक्षा १२ को जेठमा

२०७८ माघ ९, आईतबार प्रकाशित ( साल अघि) ११५१ पाठक संख्या

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ। कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन हुने भएको छ।

शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यसै साता परीक्षाका तालिका सार्वजनिक गरिनेछ । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकाले परीक्षा केहीपछि धकेल्ने निर्णय भएको हो ।

कोरोनाका कारण शैक्षिक कार्यक्रम र परीक्षा धकेलिदै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस