२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

लागुऔषधको छापा हान्न गएको प्रहरीले नै चोर्‍यो मोबाइल

२०७८ माघ ७, शुक्रबार प्रकाशित ( साल अघि) १५९३ पाठक संख्या

कैलाली । मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् ।

लागुऔषध कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा एक मोबाइल पसलमा छापा हान्न गएको प्रहरी टोलीले नै मोबाइल चोरी गरेको सिसी टिभी फुटेज बाहिरिएको छ।

कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए ।

विष्टकाअनुसार बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट उनीहरुले मोबाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ ।

सोही मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अप्रेशनका लागि उनीहरुलाई खटाइएको थियो तर मोबाइल ग्यालरीमा बर्दीमै मोबाइल चोरी गरिरहेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि दुुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

मोबाइल ग्यालरी सञ्चालक सुवास रावलका अनुसार खानतलासीको नाममा दुईवटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका हुन् । उनले चोरीमा संलग्न प्रहरीलाई कारबाहीकाे माग गर्दै प्रहरीमा नै निवेदन दिएको जानकारी दिए ।

बिहीबार लागुऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली त्यहाँ पुगेको थियो । सो क्रममा मोबाइल ग्यालरी सञ्चालक रावलका भाइ पर्ने दोर्णबहादुर रावलसहित तीन जनालाई प्रहरीले पक्राउ गर्दै उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%४%३%

प्रतिक्रिया दिनुहोस