२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

डिएसपी यादव पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०७८ माघ ७, शुक्रबार प्रकाशित ( साल अघि) ९७५ पाठक संख्या

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक “डिएसपी” उमाशंकर प्रसाद यादव उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख यादवलाई कामको कदर गर्दै बेस्ट स्टेट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

यादवले बरहथवा नगरपालिका वडा नम्बर १० कटानी टोल बस्ने ३२ वर्षिया सावित्री कुमारी महराको हत्यामा संलग्न हरिवन नगरपालिका वडा नम्बर १० बस्ने २७ वर्षिय संतोष साह, मुकेश ब्लोन र २२ वर्षिय रोहित हजरालाई पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडी बढाएका थिए ।

 

त्यस्तै बागमती नगरपालिका वडा नम्बर १० बस्ने कासिम मंसुरलाई वडा नम्बर १० बस्ने गफार सेख सहित ४ जनाले कुटपिट गरी घाइते बनाए पछि मंसुरको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु पश्चात कुटपिटमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुदा दर्ता गरि यादवले कावाही अगाडी बढाएका थिए ।

 

यस्तै बसवरीया गाउँपालिका वडा नम्बर ५ स्थित सुवोध चौधरीको टेण्ट हाउसमा विभिन्न सामग्री चोरी गरेका ३ जना अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाही गरि प्रहरी संगठनको छविलाई उच्च राख्न अहम भुमिका निर्वाह गरेको भन्दै प्रहरी नायव उपरीक्षक (डिएसपी ) यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस