२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

राष्ट्रिय भलिबल खेलाडी शान्ति महतो सम्मानित

२०७८ माघ ६, बिहिबार प्रकाशित ( साल अघि) १३१९ पाठक संख्या

चोरमारा । राष्ट्रिय भलिबल खेलाडी शान्ति कुमारी महतो सम्मानित भएकी छन् ।

उनीलाई महिला भलिबलको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाली कांग्रेस मध्यबिन्दु – ३ वडा कार्यसमितिले नगद पुरस्कार सहित सम्मान गरेको छ ।

 

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी महतोले हालै बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्ट्रल एसियन सिनियर महिला च्यालेन्ज कपको उपाधि जिताउन उल्लेखनीय योगदान पुराएको भन्दै उनलाई सम्मान गरिएको हो ।

FB_IMG_1642693790053

एक दशकदेखि महिला भलिबलको विकासमा क्रियाशील रहँदै आएकी महतोलाई प्रमुख आतिथि उपमेयर ओम कुमारी महतो र कार्यक्रमका अध्यक्ष  सुभाष नेपालले प्रमाण-पत्र र नगद ५ हजार ५ रुपैयाँबाट सम्मान गर्नु भएको थियो ।

FB_IMG_1642693779446

उपमेयर ओम कुमारी महतोले सानै उमेरदेखि भलिबल खेलमा लागेर छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल राष्ट्रिय खेलाडी शान्तिलाई खेलकुदका साथै पढाइलाई सँगसँगै अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले सम्मान गरिएको बतानुभयो ।

 

महिला भलिबलको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिएको जानकारी कार्यक्रमका अध्यक्ष सुभाष नेपालले दिनुभयो ।  स्थानीय ईटौरा निबासी राष्ट्रिय खेलाडी शान्ति महतोलाई सम्मान गर्न पाउँदा धेरै खुसी लागेको छ’, उहाँले बताउनुभो । कार्यक्रममा शान्तिले खेलकुदसँगै पढाइलाई पनि सँगसँगै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

FB_IMG_1642693760822

कार्यक्रममा उपमेयर, वडासदस्य , नेपाली कांग्रेस कार्यसमिति तथा पदाधिकारीहरु, पत्रकार लागायत बुद्धिजिविहरुको उपस्थिति थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%१%

प्रतिक्रिया दिनुहोस