२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदी कोल्हुवामा युवतीको वेवारिसे शव फेला

२०७८ माघ ६, बिहिबार प्रकाशित ( साल अघि) २१४८ पाठक संख्या

कोल्हुवा  । नवलपुरको नारायणी नदी बीचमा एक वेवारिसे शव फेला परेको छ ।

 

मध्यविन्दु नगरपालिका – ०२ नन्दपुर कोल्हुवा स्थित नदीको किनारमा एक जना युवतीको वेवारिसे शव फेला परेको हो ।

 

अन्दाजी २५/२६ बर्षको महिलाको नाम,वतन खुल्न नसकेको नवलपुर प्रहरीले जनाएको छ ।

 

वेवारिसे महिलाको शव नारायणी नदीको बीच किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

 

नदीको बिचमा शव फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१०%२%

प्रतिक्रिया दिनुहोस