२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

२०७८ माघ ५, बुधबार प्रकाशित ( साल अघि) १६२४ पाठक संख्या

कावासोती । जबरजस्ती करणी गरेको आरोपमा नवलपुरमा एक पुरुष पक्राउ परेका छन् ।

 

कावासोती नगरपालिका वडा नं २ बस्ने २४ वर्षीय बिमल कंडेल मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

 

स्थानीय १४ वर्षीय बालिकालाई गत पुस १७ गते जबरजस्ती करणी गरेको आरोपमा कंडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताए ।

 

पक्राउ परेका उनिमाथी मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्यअघि बढाईएको गिरीले जानकारी दिए  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%३%

प्रतिक्रिया दिनुहोस