२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा विजुलीको पोल नसार्दा दिनहुुँ जसो दुर्घटना

२०७८ माघ ३, सोमबार प्रकाशित ( साल अघि) ४१६० पाठक संख्या

कावासोती  । गत कार्तिक ३० गते मध्यविन्दु नगरपालिका – ३ को इटौरा बजार नजिकै वर्ष २२ का स्थानीय समिर चौधरीको विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा मृत्यु भयो ।

यही घटना सेलाउन नपाउँदै केही दिनपछि सोही विजुलीको पोलमा स्कुटर ठोक्किँदा दुई व्यक्ति गम्भिर घाइते भए । त्यसपछि दिनहुँ जसो दुर्घटना भैरहेको छ । घटना आफैमा दुखद पक्ष हो भने अर्कातिर विकासको नाउँमा जबरजस्ती बनाइने बाटो पनि एक कारण बनेको छ ।

यसैको प्रत्यक्ष उदाहरण मध्यबिन्दु ३ इटौरामा देखिन सकिन्छ । बाटो फराकिलो गर्ने नाउँमा विजुलीको पोल नसार्दा दुखद घटनाहरू भैरहेको स्थानीय चेत बहादुर कुवँर बताउनुहुन्छ , हामीले बारम्बर वडालाई ध्यानाकर्षण गराएऊ , बाटो फराकिलो पार्दा विजुलीको पोल सार्नु भनेर तर वडाले सुनेन । अहिले दिनहुँ जसो सवारी दुर्घटनाको कारण बन्दै गइरहेको छ विजुलीको पोल । साथै हामी स्थानीयलाई पनि डर भैसकेको छ , आखाँको अगाडि नै दुर्घटना देखिन्छ । आफ्नो घरबाट करिब ६ मिटरको दूरीमा रहेको विजुलीको पोल जसरी पनि सार्न पाए यात्रुहरू सुरक्षित हुन्थे स्थानीय कुवँर बताउनुहुन्छ ।

Received_315443513747850

 

तिन तहको सरकारको संरचना बनेपछि स्थानीय क्षेत्रमा पूर्वाधार समेत विकास निर्माणको जिम्मेवारी स्थानीय निकायले पाएको छ । कुन ठाउँमा कस्तो संरचना बनाउँदा राम्रो हुन्छ भन्ने तर्फ ध्यान नपुर्याउँदा स्थानीय निकायले बनाएका बाटोहरूमा प्रश्न चिन्ह लाग्ने गरेको छ । प्रश्न चिन्हको एक उदाहरण मध्यबिन्दु  नगरपालिका वाड न: ३  इटौराको विजुलीको पोल , जो अहिले दुर्घटनाको कारण बनिरहेको छ ।

बाटो निर्माण पूर्व विजुलीको पोल किन सारिएन ? भनेर प्रश्न गर्दा मध्यबिन्दु – ३ ईटौराका वडा अध्यक्ष अमर महतो भन्नुहुन्छ, बाटो फराकिलो गर्ने क्रममा विजुलीको पोल सार्न कावासोती विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराइएको थियो । तर प्राधिकरणबाट ६ सात लाख लाग्ने भनेपछि हामीले गर्न सकेनौ वडा सँग पैसा हुँदैन कहाँबाट विजुलीको पोल सार्न दिने ? विजुलीको पोलको कारण दुर्घटनाको सम्भावना निकै बढेको र स्थानीय त्रसित समेत भएको महतोको भनाई छ ।

बिच बाटोमा राखिएको विजुलीको पोल सार्न प्राधिकरणको ध्यान किन गएन ? भन्ने प्रश्नमा कावासोती विद्युत प्राधिकरणका सहायक प्रबन्धक अमितकुमार कर्ण भन्नुहुन्छ, पुरानो विजुलीको पोल सिफ्ट गर्न पैसा हुदैन, नयाँ जडान गर्नु पर्यो भने केन्द्रले स्वीकृत र निश्चित रकम उपलब्ध गराउँछ । तर पुरानोको हकमा त्यो व्यवस्था नभएकोले गर्दा समस्या बनेको कर्णको भनाई छ । यसरी स्थानीय निकाय र विद्युत प्राधिकरणको आपसि  समन्वय नहुँदा विजुलीको पोल समस्या भएको छ ।

Received_462895738839393

Received_966037114325476

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२०%१०%

प्रतिक्रिया दिनुहोस