२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

दुई वर्षको पोथी गैँडा मृत फेला

२०७८ माघ २, आईतबार प्रकाशित ( साल अघि) १४७७ पाठक संख्या

चितवन । चितवन निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत फेला परेको छ ।

उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताए ।

गैँडाका खाग र खुर सुरक्षित रहेको छ । योसँगै निकुञ्जमा चालू आर्थिक वर्षमा २० गैँडा मरेकामा १८ वटा प्राकृतिक कारणले र दुई सिकारीले मारेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस