२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नारायणगढबाट हिँडेको स्कार्पियो त्रिशुलीमा खस्यो, सात घाइते

२०७८ पौष ३०, शुक्रबार प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

चितवन । चितवनमा स्कार्पियो त्रिशुली नदीमा खसेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कार्पियो आज (शुक्रबार) साँझ १७:३० बजे इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलबाट त्रिशुली नदीमा खसेको हो ।

स्कार्पियो त्रिशुली नदीमा खस्दा चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

स्कार्पियो आँफै अनियन्त्रित भई सडकबाट करीब मिटर तल नदीमा खसेको उनले बताए । नदीमा खसेकाहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याउदै गरेको उनले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस