२०७८ माघ ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीबाट नक्कली नोट कारोबारमा संलग्न २ जना पक्राउ

२०७८ पौष २९, बिहिबार प्रकाशित ( हफ्ता अघि) २४७ पाठक संख्या

परासी । पश्चिम नवलपरासीबाट प्रहरीले नक्कली नोट कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बुद्धचोकबाट पक्राउ गरेको हो । सदरमुकाम परासीका विभिन्न पसलहरुमा नक्कली नोट साटी रहेको सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

पक्राउ पर्ने रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं। १२ बस्ने रसिद मोहम्मद र कपिलवस्तु जिल्लाको शुद्धोदन गाँउपालिका वडा नं। २ नन्दपुर बस्ने जमाल मुसलमानलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ ।

निजहरु दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी नक्कली नोट कसुरमा मुद्धा दर्ता गरी सम्मानित नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भैरहेको शाहीले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस