२०८२ चैत्र ६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर सहित कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गते हुने  

२०७८ पौष २१, बुधबार प्रकाशित ( साल अघि) १८३१ पाठक संख्या

नवलपुर । कांग्रेसको १६ जिल्लामा बांकी रहेको जिल्ला अधिवेशनको मिति परिवर्तन भएको छ।

यसअघि अधिवेशन हुन नसकेको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारब, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बांके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गतेका लागि अधिवेशन र जिल्ला कार्यसमितिको निर्वाचन हुने तय गरिएको थियो।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै आज बसेको बैठकले मिति परिवर्तन गरेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

अब जिल्ला कार्यसमितिको निर्वाचन हुन बांकी जिल्लहरुमा माघ  १५ गतेका लागि नयाँ मिति तोकिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस