२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कागती खेतीबाट मनग्य आम्दानी

२०७८ पौष २०, मंगलबार प्रकाशित ( साल अघि) २५९५ पाठक संख्या

कोल्हुवा । नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ निवासी नारायण न्युरेले व्यावसायिक कागती खेती गर्न थालेको ४ वर्ष भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नम्बर २ कोल्हुवामा एक बिगाहा जग्गा लिजमा लिएर शुन कागतीको खेती शुरू गर्नुभएको हो । कागतीमा लगानी कम नाफा बढी हुने भन्दै विदेशीएका न्युरे स्वदेशमानै यो पेसा रोजेको न्युरेले बताउनु भयो  ।

आफू सधै विदेशमा मात्र बसेर नहुने भन्दै विदेशिएको १२ वर्ष पछि  नेपालमानै केहि गर्ने मनसाय बोकेर सुरु गरेको कागति खेतिबाट अहिले मनग्य आमदानी गर्न सफल भएका छन् ।

उहाँले आगामी वार्षिक ११ देखि १३ लाख नाफा कमाउने लक्ष्यका साथ अघि बढेको बताउनु भयो । खेती सुरु गरेको दुई वर्षपछि उत्पादन दिन सुरु गरे पनि त्यसबाट धेरै लाभ भने लिन नसकिने उहाँको भनाई छ । त्त्यस खेतीबाट नाफा लिनकै लागी करिब ३,४ वर्ष लाग्ने न्युरेको भनाई छ । यस वर्ष ४ लाख बराबरको कागती बिक्री गरेको बताउदै अझै बिक्री गर्न बाकी करिब २ लाख बराबर रहेको उहाँले बताउनु भयो ।

कागती एक पटक लगाएपछि बेला बेलामा मलजल दिनुबाहेक त्यति धेरै मेहनत गर्नु नपर्ने गोडमेलको भरमा कागती फल्ने र आम्दामी दिने भएकाले सहज भएको न्युरेले बताउनु भयो ।आफ्नै पाखुरी चलाएर बारीमा लगाएको कागतीले घरैमा पैसा साट्न पाउँदा यतिखेर उहाँ खुशी हुनुन्छ ।

अहिले उहाँको शुनौलो कागती फर्ममा ५ सय कागतीका बुटा छन् ।  सुन जातको कागतिको माग र बजार पनि राम्रो रहेको उहाँको भनाई छ ।

उत्पादन भएका कागती स्थानीय डण्डा बजार र कावासोतीमै खोसा–खोस बिक्री हुने हुँदा बजारको कुनै समस्या नरहेको न्युरेले बताउनुभयो । साईज नमिल्ने खपत नभएका कागतिको घरमानै चुकअमिलो बनाएर बिक्री समेत गर्ने गरेको पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%११%

प्रतिक्रिया दिनुहोस