२०८३ भाद्र ३१, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका कृषकलाई तरकारीको बीउ विजन निशुल्क वितरण गरिदै

२०७८ पौष १९, सोमबार प्रकाशित ( साल अघि) १४०५ पाठक संख्या

कोल्हुवा । सुआहारा कार्यक्रम अन्र्तगत ग्रमीण नमुना कृषक समुहलाई निशुल्क तरारकारीका बीउ विजन वितरण कार्यक्रम मध्यविन्दुमा पुन:सुरुवात गरिएको छ ।

नगरका आठ सक्रिय ग्रमीण नमुना कृषक समुहका कृषकहरु र हजार दिनका आमाहरुलाई मौसम्म अनुसारका बीउ विजन वितरण गरेको हो । यसरी निशुल्क बीउ प्राप्त गर्दा कृषहरु खुशि भएका छन्।

समुह मध्य पनि हजारदिनका आमाहरुलाई प्रथामीक्तामा राखेर बीउ वितरण गरेको मध्यविन्दु नगरपालीका पोषण सहजकर्ता एंम बेस नेपाल सुआहारा दोस्रो सहजकर्ता शकुन्तला नेपालीले बताउनु भयो।

आधुनिक करेसावारी निमार्ण गर्दे ,पोषणमा सुधार ल्याउने भन्दै अभियान सञ्चालनमा ल्याईएको वताउदै सहजकर्ता नेपालीले बीउको सहि सदुपयोग भएनभएको हेर्ने टोली आउने बताउनु भयो ।

तरकारी बाली देखी विभिन्न पोषण सम्बन्धि प्रशिक्षण गराउनु भएको थियो । अघिल्लो वर्षहरुमा पनि यस अभियान प्रभावकारी भएको बताउदै यसलाई प्रथामीक्तामा राखेको आयोजकको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस