२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

  साना खाजाघरलाई दर्तामा ल्याउन कठिन : वडाअध्यक्ष तिवारी

२०७८ पौष १९, सोमबार प्रकाशित ( साल अघि) ९६१ पाठक संख्या

काठमाडौ ।  काठमाडौमा खुलेको अधिकान्श खाजाघरहरु दर्ता प्रक्रियामा ल्याउन कठिन भएको काठमाडौ महानगरपालिका वार्ड २६ का अध्यक्ष ख्यमराज तिवारीले बताउनु भएको छ ।

शुक्रबार मनोरञ्जन क्षेत्रका श्रमिकहरुको लागि काम गर्ने सामाजिक सस्था महिलाको निम्ति महिला मंच नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले दोहोरी साझ र डान्स बार सरकारलाई कर तिर्ने र ती ठुला लगानीका भएका कारण दर्ता र नविकरण प्रक्रियामा आउछन तर साना लगानी मा खुलेका लाई समस्या रहेको बताउनु भयो ।

कोभिड को प्रत्येक्ष असर मनोरञ्जन क्षेत्रमा देखिएको र हालसम्म पनि श्रमिकहरु पुर्ण रूपमा काममा नफर्किएकोले यसको निराकरणको लागि सस्था र वार्ड २६ को सहकार्य हुन आवश्यक रहेको तिवारीले जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै वार्ड २६ का सदस्य तिर्थराज डङोलले मसाज पार्लरमा काम गर्ने श्रमिकहरुलाइ सीप को आवश्यकता रहेको  साथै काम गर्ने श्रमिकहरुलाइ सम्मानको भावले हेर्नू पर्नेमा गलत तरिकाले ब्याख्या गरिने बताउदै आउने दिनमा सस्था सङ सहकार्य गरि मसाजका श्रमिकहरुलाई थप कसरी ब्यवस्थित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताउनु भयो ।

महिलाको निम्ति महिला मन्च नेपालले कामनपा वार्ड २६ को सहकार्यमा रानिवन, गोङबु र ठमेल एरियामा रहेका मनोरञ्जन क्षेत्रको आकडा संकलन गरेको थियो, जस अन्तगर्त कामनपा २६ मा जम्मा १५०० श्रमिक मनोरञ्जन पेशामा आस्रित रहेको महिलाको निम्ति महिला मञ्च नेपालकि कार्यक्रम अधिकृत मनिला शाक्यले बताउनु भयो । शाक्यका अनुसार अधिकास मनोरञ्जन क्षेत्र मापदण्ड विपरीत चलेको सर्वेक्षणको दौरानमा भेटिएको जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस