२०८२ चैत्र ६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

२०७८ पौष १६, शुक्रबार प्रकाशित ( साल अघि) २४२७ पाठक संख्या

चोरमारा । नवलपुरमा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ।

जिल्लाको मध्यबिन्दु नगरपालिका–१२ बेलहानी बस्ने ३९ वर्षीय बारिसा सारुको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो।

सिसानी सामुदायिक वनमा सालको पात टिप्ने क्रममा ३९ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर थियो।

खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले बताए ।

मृतक सारुको शबको मुचुल्का सकेर पोस्ट मार्टमका लागी मध्यविन्दु जिल्ला अस्पताल ल्याईदै गरेको पन्तले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%४%१%३४%

प्रतिक्रिया दिनुहोस