२०८३ भाद्र २१, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा इँटा उद्योगको पोखरीमा डुबेर बालिकाको निधन

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) १९९६ पाठक संख्या

कावासोती । नवलपुरमा आइतबार इट्टा उद्योगको पोखरीमा डुबेर एक जना २ बर्षीया बालिकाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका – १ सेतापानीस्थित नवलपुर इँटा भट्टाभित्रको पानीको खाल्डोमा डुबेर सोही इँटा भट्टामा काम गर्ने कैलाली जोसिपुर गाउँपालिका – ६ घर भएका सुरेश चौधरीकी छोरी २ वर्षीया जेनिसा चौधरीको दिउँसो मृत्यु भएको हो ।

इँटा भट्टामा खेल्नेक्रममा उक्त खाल्डोभित्र डुबेर अशक्त भएकी उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%६%१%

प्रतिक्रिया दिनुहोस