२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

दलदलेका आमा छोरी तीन महिनादेखि बेपत्ता

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) २५५३ पाठक संख्या

कावासोती – नवलपरासी बर्दघाट–सुस्ता पूर्वको कावासोती नगरपालिका स्थित दलदलेका आमा छोरी बेपत्ता भएका छन् ।

गत असोज महिनाको पूर्णिमाको दिन भारत गएका दलदले बस्ने वर्ष ६५ की गौरी बस्नेत र सोही ठाउँमा बस्ने उनकी छोरी अन्दाजी ३५ वर्षीया सरस्वती थापा बेपत्ता भएको आफन्त सुस्मा सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार आमा छोरी भारतमा रहेका काकालाई भेट्न भन्दै घरबाट असोज ४ गते पूर्णिमाका दिन घरबाट निस्किएका थिए । केही दिन आफन्तको सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्क टुटेको थियो । भारतमा रहेका काकाले पनि आफूसंग भेट नभएको बताएका छन् ।

भारतमा समेत आफन्तसंग भेट नभएपछि नेपालमा रहेका आफन्तहरुले प्रहरीसंग खोजी गरिदिन आग्रह गरेका थिए । गत मंसिरमा आफन्तहरुले कावासोती प्रहरीमा बेपत्ता भएका बस्नेत र थापाको खोजी गरिदिन निवेदन दिएका छन् ।

कावासोती प्रहरीले बेपत्ता भएकाहरुको खोजी भइरहेको र अहिलेसम्म केही पत्ता नलागेको बताएको छ । आफन्तहरुले कतै देखेको खण्डमा प्रहरीलाई खबर गरिदिन आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%१६%३%

प्रतिक्रिया दिनुहोस