२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

चितवनमा भोलिदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने

२०७८ पौष ६, मंगलबार प्रकाशित ( साल अघि) ४५९ पाठक संख्या

चितवन । चितवनमा भोलिदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले भोलिबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम भर्नुपर्छ । घरबाटै फारम भर्न सकिने छ । ‘मोबाइलबाट पनि फारम भर्न सकिन्छ । तर नागरिकता र फोटो अपलोड गर्ने क्रममा समस्या सिर्जना भने हुन सक्छ’ पौडेलले भने । अनलाइनबाट मिति र समय पहिले नै बुक गर्नुपर्ने छ ।

उनले आफैले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न सकिने व्यवस्था गरिने पौडेलले बताए ।

यस्तै अनलाइन फारम भर्ने सेवा दिने पसलहरुमा गएर पनि भर्न सकिने छ । व्यावसायिक पसलहरु फारम भरेको रकम बढी लिएको महशुस भएमा प्रशासनलाई खबर गर्न उनले आग्रह गरे । अनलाइन फारम भर्दा बढी शुल्क लिएमा कारबाही गरिने उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस