२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेस महाधिवेशनः गण्डकीका मुख्यमन्त्री नेपाली केन्द्रीय सदस्य निर्वाचित

२०७८ पौष ६, मंगलबार प्रकाशित ( साल अघि) ९२४ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । राजधानीको सानेपास्थित पार्टी कार्यालयमा भएको मतगणनामा प्राप्त मतान्तरका आधारमा उनी विजयी भएका हुन् ।

संस्थापनइतर खेमाबाट चुनाव लडे पनि संस्थापनका ध्रुव वाग्लेसँगै उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

हालसम्म गणना भएको ४२७८ मतमा नेपालीले . २१२३ मत पाएका छन् । गन्न बाँकी मत र उनका प्रतिष्पर्धीसँगको अन्तरका आधारमा उनी विजयी भएका छन् ।

शुरुदेखि नै वाग्लेभन्दा केही तल रहेका नेपालीले बाँकी प्रत्यासी शोभियतबहादुर अधिकारी र रेशम बानियाँलाई पछि पारेका थिए ।

उनी पदमा बहाल रहेर पार्टी केन्द्रीय सदस्य निर्वाचित हुने मुख्यमन्त्री भएका छन् । संस्थापनइतरको बलियो मत रहे पनि नेपालीले भने शुरुदेखि नै लोकप्रिय मतका साथ अग्रता लिएर जित निश्चित गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस