२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको घरदैलो कार्यक्रम

२०७८ पौष २, शुक्रबार प्रकाशित ( साल अघि) १८८२ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले धारा जडान अनुरोधको लागी मध्यबिन्दु वडा नम्बर १,२ र ३ मा घरदैलो कार्यक्रम सुचारु गरेको छ  ।

कार्यक्रममा लेखा समितीका सदस्य मीन बहादुर थापाले छोटो समयमा पनि धेरै उपभोक्तालाई सफा पानि वितरण गर्ने सफल भएको बताउँदै आगामी दिनमा पनि परिवर्तीत समयसँगै संस्थाले आफ्ना गतिविधिहरु परिवर्तन गर्दै लौजान सुझाव दिए ।

FB_IMG_1639728536983

संस्थाले धाराको आधा रकम बुझाए आधा किस्ता बुझाउने गरी धारा जडान गरिदिने भएकाले तत्काल सदस्य वन्न आग्रह गर्दै अध्यक्ष श्रीधर शर्माले संस्थाले आर्थिक गतिविधिलाई सफ्टवेयर जडान गरी आधुनिक प्रविधिमैत्री बनाइएको बताए । बोल्ने क्रममै अध्यक्ष शर्माले भने २०७९ साल असार मासन्तर सम्ममा २ हजार धारा पुर्याउने लक्ष्य रहेको बताए ।

FB_IMG_1639728528377

कार्यक्रममा संस्थाकि सदस्य बिमला कुवरले शुभकामना मन्तव्य राखेकि थिईन । कार्यक्रकको सहजीकरण सह सचिव सुभास नेपालले गरेका थिए ।

१४१६ उपभोक्ता सदस्य रहेको संस्थाले पुस १ गतेदेखि उपभोक्ताको घरघरमा पुगेर सल्लाह सुझाव संकलन गरेको छ । घरदैलो कार्यक्रम पुस १४ गतेसम्म रहने बताइएको छ ।

FB_IMG_1639728561301

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%१%

प्रतिक्रिया दिनुहोस