२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

२०७८ मंसिर २९, बुधबार प्रकाशित ( साल अघि) १३१६ पाठक संख्या

काठमाडौ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालालाई पराजित गर्दै १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा पाँच जनाले सभापतिमा उम्मेदवारी दिएका थिए । जसअनुसार सोमबार भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि जितका लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।

दोस्रो चरणको मतदानका क्रममा देउवाले सभापतिका प्रत्यासीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन प्राप्त गरेका थिए । सोही समर्थनको बलमा उनी दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् । यसअघि १३औँ महाधिवेशनबाट देउवा पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

अहिले जारी मतगणनामा मत गणना नसकिँदै देउवाले जितका लागि आवश्यक मत प्राप्त गरिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस