२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा डुबेर एक जनाको मृत्यु

२०७८ मंसिर २८, मंगलबार प्रकाशित ( साल अघि) ५३२ पाठक संख्या

कावासोती  । नवलपुरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका-१७ कुजौलीस्थित इँट्टाभट्टाको पोखरीमा डुबेर सोही इँट्टाभट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-१५ घर भएका विज्ञान माझीको छोरा ४ वर्षीय बिक्रम माझीको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

पोखरीमा डुबेर अशक्त भएको उनको उपचारको  लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस