२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

सेहरीमा ३०० मिटर सडक कालोपत्रे,स्थानीय हर्षित

२०७८ मंसिर २८, मंगलबार प्रकाशित ( साल अघि) २४०२ पाठक संख्या

कोल्हुवा ।  मध्यविन्दु नगरपालिका– २ सेहरी स्थित नन्दपुर–सेहरी सडक २१ लाख ४२ हजार १६७ रुपैयाँको लागतमा कालोपत्रे गरिएको छ ।

दुई खण्ड गरी कूल ३०० मिटर लम्बाइ र पाँच मिटर चौडाइको सडक नगरपालिका र जनसहभागिताबाट ६०÷४० प्रतिशत लागतमा सम्पन्न भएको हो ।

योजना सम्बन्धमा जानकारी दिन निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमनारायण महतोले सबैको सहयोगमा योजना सफल भएको बताए ।

वडा नं २ का अध्यक्ष नारायण पौडेलले वडामा सडक पूर्वाधारका साथै अन्य विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।

नन्दपुर- सेहरी सडक कालोपत्र र ढलान भएपछि त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%९%२%२%

प्रतिक्रिया दिनुहोस