२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा श्रीमद्भागवत पुराण ज्ञान महायज्ञ आयोजना गर्ने तयारी

२०७८ मंसिर २७, सोमबार प्रकाशित ( साल अघि) ७१३ पाठक संख्या

बिबेक भण्डारी

देबचुली । देवचुली नगरपालिका संगै सिंगो नवलपुरलाई धार्मिक क्षेत्रबाट पहिचान गराउन नारायणि दिव्यधाम समिति लागि परेको छ । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको नारायणि दिव्यधाम समितिले देवचुली नगरपालिका संगै नवलपुरलाई धार्मिक पर्यटन क्षेत्रको पहिचान र यहाँका धार्मिक क्षेत्रको संरक्षण गर्न विभिन्न योजनाहरु तयार बनाएको छ ।

 

यसै योजना अन्तर्रत समितिले माघ १ गते देखी ८ गते सम्म श्रीमद्भागवत पुराण ज्ञान महायक्ष आयोजना गर्ने योजना बनाएको छ । आइतवार समितिले श्रीमद्भागवत पुराण ज्ञान महायज्ञका प्रखर बाचक युवा पंडित दिनबन्दु पोख्रेललाई समेत सहभागिता गराएर वृहत भेला तथा छलफल आयोजना गरेको थियो ।

 

समितिका अध्यक्ष तिलप्रसाद पाठकको अध्यक्षतामा आयोजना गरिएको उक्त भेलाले यहि २९ गते वडा सदस्यको बृहत भेला आयोजना गर्ने र महायज्ञका लागि मुल आयोजक समिति गठन गर्ने जानकारी समितिका अध्यक्ष पाठकले जानकारी दिनुभयो । ‘हामिले देवचुल नारायणि किनारमा रहेको नारायणि दिव्यधाममा महायज्ञ आयोजना गर्ने योजना बनाएका छौ’, अध्यक्ष पाठकले भन्नुभयो । ‘यो योजना पुरा गर्न अब समितिले विभिन्न क्षेत्रका सरोकारवालाहरु संग छलफल गर्ने छ’ पाठकले बताउनुभयो । समितिले आयोजना गने महायज्ञमा श्रीमद्भागवत पुराण ज्ञान महायक्षका प्रखर बाचक युवा पंडित दिनबन्दु पोख्रेलले प्रबचन गर्नुहुने छ ।

 

उक्त छलफल कार्यक्रममा श्रीमद्भागवत पुराण ज्ञान महायज्ञका प्रखर बाचक युवा पंडित दिनबन्दु पोख्रेलको समेत सहभागिता रहेको थियो । उहाँले धार्मिक क्षेत्रको संरक्षण र यसको महत्व बारे जानकारी गराउन आफुले महायज्ञमा प्रबचन गर्ने बताउनुभयो । उहाँले अहिले अवस्थामा सासंस्कृत पुनजागरण आवस्यक रहेको बताउनुभयो । ‘सासंस्कृत पुनजागरण अहिले आवस्यकता रहेको भन्दै नारायणि दिव्यधामबाट यो अभियानमा लाग्नेलाई पंडित पोख्रेलले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस