२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा गैंडा बस्तीमा पस्दा स्थानीयमा त्रास

२०७८ मंसिर २६, आईतबार प्रकाशित ( साल अघि) १४७४ पाठक संख्या

कावासोती । चितवन राष्ट्रिय निकुञ्जका एकसिंगे गैंडा यस आसपासका बस्तीमा पस्दा स्थानीयमा त्रास फैलिएको छ । निकुञ्ज आसपासका थुप्रै स्थानमा गैंडा पसेर सास्ती दिने गरेको छ । त्यसै मध्येको एउटा ठाउँ हो मध्यबिन्दु नगरपालिका ३ स्थित ब्रह्मस्थान, लेडा, ईटौरा क्षेत्र हुन् ।

यहाँका स्थानीयहरुले वर्षेनी गैंडाबाट सास्ती खेप्दै आएका छन् । नवलपुर जिल्लाको तलो भाग गैंडाको उच्च जोखिम क्षेत्र हो ।
सयौँ बिघा जमिनमा लगाइएको बालीनाली सखाफ भएको छ । जंगली गैंडा गाउँमै पसेर मानिसलाई आक्रमण गर्न थाले पछि स्थानिय निकै त्रसीत भएका छन ।

सम्बन्धित निकाय मध्यबिन्दु – ३ वडा कार्यालय तथा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने नन्द भाउजु उपभोक्ता समितिलाई यो समस्याको निम्ति पहल गर्नु पर्नेमा बेखबर भएको भन्दै स्थानीयले अनुरोध पत्र समेत बुझाएका छन् ।

FB_IMG_1639309205335

दिउँसै गैंडा गाउँ पस्न थालेपछि यहाँका बासीन्दा काममा जान समेत डराउन थालेका छन् ।  दिनहुजसो गैंडा गाउँ पस्छ । बालीनाली त परै जावस् ज्यान जोगाउनै गाह्रो भइ सक्यो । दिउँसै गैंडा गाउँ पस्न थाल्यो । वर्षौदेखि गैंडाकै त्रासमा छौ, ’ स्थानिय ब्रह्मस्थान गाउँका सुभाष नेपालले पिँडा सुनाए ।

FB_IMG_1639309198504

गैंडाजस्ता जंगली जनावर गाउँ पस्नबाट रोक्न निकुञ्जले मध्यवर्ती क्षेत्रको आसपासमा विद्युतीय तार बिस्तार गरेपनि उक्त तार ठाउँठाउँमा चुडिएकोले गैँडा सजीलै गाउँ पस्ने गरेको छ । वन्यजन्तुलाई गाउ पस्नबाट रोक्न विद्युतिय तारबार प्रभावकारी नभएको स्थानियबासी बताउँछन् ।

FB_IMG_1639309202858

निकुञ्ज आसपासका गाउँमा बर्षेनी गैंडाले ठूलो जनधनको क्षती गर्दै आएको भएपनी निकुञ्जले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ ।

समस्याको सावधान तत्काल हुननसके बन्यजन्तु पीडित स्थानीयहरुले आफ्नो जिउधन रक्षाको लागि थप सशक्त आन्दोलन कार्यक्रम अगाडि बढाउन बाध्य हुने अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

गत बिहिवार पनि गैंडाको आक्रमणबाट कावासोती – १५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको थियोे ।आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा  उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैंडाले एक्कासि आक्रमण गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१%

प्रतिक्रिया दिनुहोस