२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

तेक्वान्दो प्रतियोगिताको उपाधि गैंडाकोट तेक्वान्दो डोजाङलाई

२०७८ मंसिर २६, आईतबार प्रकाशित ( साल अघि) ८५५ पाठक संख्या

गैंडाकोट । राष्ट्रिय तेक्वान्दो संघ नेपाल गैंडाकोट नगर समितिको आयोजमा गैंडाकोटमा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको छ ।

७ स्वर्ण, ८ रजत र ५ कास्य गरी कूल २० पदकसहित गैंडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको हो ।

रुपन्देहीको नवप्रताप तेक्वान्दो डोजाङ ६ स्वर्ण, ७ रजत र ७ कास्य गरी २० पदकसहित दोस्रो तथा चितवनको बाह्रघरे तेक्वान्दो डोजाङ ४ स्वर्ण, ७ रजत र ३ कास्य गरी १४ पदकसहित तेस्रो भएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल गैंडाकोट नगर समिति अध्यक्ष गोपाल परियारले जानकारी दिए ।

गैंडाकोटमा शुक्रवार र शनिवार गरी २ दिनसम्म भएको प्रतियोगितामा चितवनको माडी तेक्वान्दो डोजाङले सान्त्वना स्थान प्राप्त गरेको परियारले बताए । प्रतियोगितामा गण्डकी, बागमती र लुम्बिनी प्रदेशका ११ जिल्लाबाट जम्मा २०० खेलाडी सहभागी थिए ।

छात्र र छात्राहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको प्रतियोगितामा रुपन्देहीका तेक्वान्दो खेलाडी विजय थारू र सञ्जिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट हुने डोजाङलाई ट्रफी प्रदान गरिएको अध्यक्ष परियारले बताए ।

प्रतियोगिताको शनिवार साँझ समापन गर्दै गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेलले खेलाडीको स्वास्थ्य र पहिचानमा महत्त्वपूर्ण सहयोग गर्ने बताए ।

खेलका कारण खेलाडीमा अनुशासन कायम हुने जनाउँदै विद्यालय तहबाट नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस