२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

युवा नेता ओम थापाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२०७८ मंसिर २६, आईतबार प्रकाशित ( साल अघि) ४१० पाठक संख्या

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता ओमबहादुर घर्ती मगर (ओम थापा) ले जनजाति खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता घर्तीले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सभापति समेत रहेका घर्ती पुर्ब नवलपरासीको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घर्ती मगर युवा पुस्ता र जनजाती समुदायमा लोकप्रिय मानिन्छन् । देशकै पुरानो पाटी नेपाली काङ्ग्रेसमा विधि पद्धति,शुसासन र समावेशीतालाई स्थापित गर्न आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको घर्तीले बताए ।

“प्रत्येक व्यक्ति उधमशिल नभई देश समृद्ध हुन सक्दैन, देश समृद्ध हुनका लागि देशको गर्बिलो ईतिहास बोकेको नेपाली काङ्ग्रेसका कार्यकर्ता उध्यमशिल हुन आवश्यक छ,यसैका लागि मेरो केन्द्रिय सदस्यमा उम्मेदवारी हो” उनले भने ।

साथै, उनले जनस्तर र जनमनमा विराजमान काङ्ग्रेसको छवी व्युताउनका निम्ती र संगठन निर्माणमा विश्वास राख्ने सुदृढ र सबल काङ्ग्रेस निर्माण गर्नका लागि पनि केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।

विद्यार्थी राजनीति सङ्गै शैक्षिक पेशा अङ्गालेका घर्ती मगरले संघको राजनीतिबाट राष्ट्रिय राजनीतिमा हाम फालेका हुन । शेरबहादुर देउवा समुहबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका घर्तीले सहयोगका लागी महाधिवेशन प्रतिनिधि तथा नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई अपिल गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस