२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरीले दिए उम्मेदवारी

२०७८ मंसिर २५, शनिबार प्रकाशित ( साल अघि) ७२३ पाठक संख्या

नवलपुर, मंसीर २५ । कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । समृद्ध नेपाल बनाउने सपनाअनुरूप राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।

‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पूरा हुँदै आएका छन्,’ उनले उम्मेदवारी घोषणा गर्दै भने, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रूपमा चिनाउने हो ।’

राष्ट्र निर्माणको आफ्नो सपनालाई पूरा गर्न सबैको सहयोग पाउनेमा विश्वस्त रहेको चौधरीले बताए । ‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरू सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो,’ उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरूको सिर्जनशील सोच, शिल्प, श्रम र केही गरौँ भन्ने उत्साह भएकाले नेपाली कांग्रेसले सही नेतृत्व पाउनुपर्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस