२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

त्रिभुवन बाल माविको शैक्षिक मेला आजबाट

२०७८ मंसिर २५, शनिबार प्रकाशित ( साल अघि) ७०९ पाठक संख्या
प्रेम न्यौपाने 

नवलपुर । त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ को बृहत शैक्षिक मेला तथा प्रदर्शनी आजबाट सुरु हुँदैछ । विद्यालयको ५३औं वार्षिकोत्सवको अवसर पारेर विद्यालयले मेलाको आयोजना गरेको हो । आजदेखि सुरु हुने मेला दुई दिनसम्म चल्ने बताइएको छ ।

मेलामा विद्यार्थीद्वारा वैज्ञानिक आविष्कार गरी निर्माण गरिएका सामाग्रीहरु सहित विभिन्न बिषयगत शैक्षिक सामाग्रीहरुको प्रदर्शनी गरिने विद्यालयका प्रध्यानध्यापक दिपकनाथ घिमिरेले बताए ।

शैक्षिक मेलामा सामाजिक, नेपाली, अंग्रेजी र बिज्ञान विषयहरुको विषयगत रुपमा छुट्टाछुट्टै स्टलमा प्रर्दशनी गर्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक घिमिरेले जानकारी दिए ।

मेलामा पाँच ओटा बिषयगत स्टल, तीन ओटा मन्टेश्वरीको स्टल, एउटा विट्रीश काउन्सिलद्वारा कावासोती नगरपालिकामा संचालित आई एस ए प्रोजेक्टको स्टल र विद्यार्थीद्वारा विद्यालयमै तयार पारेको करेसाबारीमा उत्पादित तरकारीबाट बनेका स्थानीय खानाको परिकारको स्टल समेत गरि जम्मा १० ओटा स्टल रहनेछन् ।

विद्यार्थीलाई उद्दमशीलता तर्फ प्रेरित गर्न विद्यालयले अघि सारेको “घर घर मा करेसाबारी, खाने आफ्नै तरकारी” भन्ने अवधारण अनुरुप विद्यार्थीले विद्यालयमै करेसाबारी निर्माण गरी तरकारीको उत्पादन गर्दै आइरहेका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको ड्रोनबाट पुष्प वृष्टि गरी मेलाको उद्घाटन गर्ने तयारी भएको प्रधानाध्यापक घिमिरेले बताए ।

अन्य विद्यालयहरुले गर्ने शैक्षिक प्रदर्शनी भन्दा अलि पृथक शैलीमा शैक्षिक प्रदर्शनी सहितको मेला आयोजना गरिएकाले मेला अवलोकनका लागि जिल्ला भित्र र बाहिरी जिल्लाहरुबाट समेत अवलोकनकर्ता आउने अपेक्षा गरिए विद्यालयका प्रधानाध्यापक घिमिरेले बताए ।

मेलालाई थप आकर्षक बनाउँन विद्यार्थीहरुबाटै नाटक प्रदर्शन सहित विभिन्न संस्कृति झल्काउँने साँस्कृतिक झाँकी तथा नृत्यहरु समेत प्रदर्शन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि थनेतले जानकारी दिए ।

शैक्षिक मेलामा राष्ट्रिय कलाकार बलराम सरकार जादुगर सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने अध्यक्ष थनेतले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस