२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

देउराली हुप्सेकोट सहरी खानेपानीको प्रथम अधिवेशन पुस ४ गते हुने

२०७८ मंसिर २५, शनिबार प्रकाशित ( साल अघि) ९७९ पाठक संख्या

प्रिय धन

चोरमारा । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा रहेको देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम अधिवेशन यहि पुस ४ गते आइतबार हुँदैछ ।

 

यस अघि मङ्सिर २५ गते हुने भनिएको अधिवेसन सबै राजनैतिक दलको महाधिवेशन परेकाले निर्वाचन समिति , उम्मेदवार र राजनैतिक दलका प्रतिनिधिबीचको छलफल पश्चात पुस ४ गतेका लागि सरेको हो । हुप्सेकोट गाउँपालिकाको वडा नम्वर एक , दुई , तीन र चारमा सेवा प्रदान गर्दै आइरहेको खानेपानी संस्थाको अधिवेशनमा दलहरु कम्मर कसेर लागि परेका छन् ।
खानेपानी एक स्वायत्त संस्था भएता पनि हुप्सेकोटमा राजनैतिक दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
यस अघि मङ्सिर १९ गते गते निर्वाचन समितिको निर्णयमा उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएको छ ।
२०७२ सालमा यस तत्कालिन देउराली सोतीखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा श्री मेक बहादुर पुलामीको नेतृत्वमा ११ सदस्सिय कार्य समिति गठन पश्चात जिम्मेवारी दिए अनुसार तेश्रो साना सहरी खानेपानी आयोजना वा सह–लगानी आयोजना लागु जिम्मेवारी दिइएको थियो ।

 

२०७५ सालमा आयोजनाको डि पि आर भै मिति २०७७ असार १५ गते नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग, सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना, आयोजना व्यवस्थापन कार्यालय पानीपोखरी, काठमाण्डौ, नगर विकास कोष काठमाण्डौ, हुप्सेकोट गाउपालिका र देउराली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विचमा आयोजना सम्झौता गरि २०७७ साउन महिना देखि आयोजनाको निमार्ण कार्य शुरु भै हाल सम्म ६६५ काम सम्पन्न भैसकेको छ ।

 

जस्मा १२ लाख लिटरको ३ वटा पानीपोखरी ९ट्याड़ी० सम्पन्न भैसकेको छ । ३ वटा पानी प्रशोधन पोखरी, १ वटा गिरुवारी खोलाबाट विद्युतबाट पानी तान्ने पम्प ९सम्पवेल० ९५५ काम सम्पन्न भएको छ । पानी वितरण लाइन डिहिको मगर संग्राहलय बाहेक अन्य क्षेत्रमा १६७ कि।मि। विछ्याई सकिएको बांकी १० कि।मी। पाईप लाईन बिछ्याउने कार्य भैरहेको छ। हुप्सेकोटको समृद्धिसंग जोडिएको यस संस्था साबिकको देउराली खानेपानी र सोतिखोला खानेपानी मिलेर बनेको हो ।
पानीको न्यायोचित वितरण प्रणाली, सरल र सुलभ वितरण, विपन्न वर्गहरुलाई निशुल्क पानीको धारा उपलब्ध , आगामी दिनमा खानेपानी अपाङ्ग मैत्री, प्रत्येक नेपानीका उपभोक्ताहरुलाई खानेपानीको आफ्नै सहकारीमा आबद्ध गराउने, सहकारी मार्फत आय को लागी शिपमुलक तालिम र स्वास्थ्य र सरसफाईको क्षेत्रमा विशेष गरि सुनौलो हजार दिनका आमाहरु र बालबालिकाहरुको लागी स्थानिय स्वास्थ्य संस्था संग सहकार्य गर्न गराउन भन्दै प्रगतिशील प्यानलबाट मेक बहादुर पुलामी अध्यक्ष रहने गरि प्यानल अगाडी बढेको छ भने लोकतान्त्रिक गठबन्धन प्यानल बाट भए ओमन सिङ रजालीलाई अगाडी सारिएको छ ।

 

अध्यक्ष पदका उम्मेदवार मेक बहादुर पुलामीलाई चुनाव चिन्ह मादल प्रदान गरिएको छ भने अर्का उम्मेदवार ओमान सिंह रजालीलाई बिजुलीको चिम प्रदान गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण प्रसाद सिग्देलले जानकारी दिनुभयो । पुलामी बिगत २५ बर्ष देखि खानेपानी संस्थामा निरन्तर पदीय जिम्मेवारी सम्हाल्दै आइरहनु भएको छ भने रजाली बिभिन्न सामाजिक क्षेत्रमा सक्रिय हुँदै आइरहनुभएको छ ।

 

यस्तै प्रगतिशील प्यानलले संस्थाको सचिवमा इश्वरी प्रसाद रेग्मीको चुनाव चिन्ह पंखा , महिला सदस्यहरुमा गङ्गा कुमारी भुजेल , राधा परियार रानाभाट र छायाँदेवी पुलामीलाई उम्मेदवार उठाएको छ । यस्तै वडा संयोजकमा वडा नम्बर एकबाट टेक बहादुर फाल , दुईबाट पहल सिंह राना , तिनबाट बिर बहादुर विश्वकर्मा र चारबाट यम बहादुर सोमैलाई उठाएको छ । त्यस्तै लेखा समितिमा नारायण कोइरालालाई संयोजकमा र सदस्यहरुमा हिम कुमारी पौडेल र नारायण गिरीलाई उठाएको छ ।
यसैगरि लोकतान्त्रिक गठबन्धन प्यानलबाट सचिवमा टेकनाथ सिग्देल चुनाव चिन्ह कुर्ची , महिला सदस्यहरुमा देवका गौतम शान्ता , शुसिला बिक र गङ्गा कुमारी भुजेललाई उम्मेदवार बनाएको छ यस्तै वडा संयोजकमा एकदेखि चारमा क्रमश प्रेम बहादुर घर्ति , फणि नारायण भण्डारी , टेक प्रसाद पाण्डे , र निरमाया थापालाई उठाएको छ त्यसै गरि लेखा समितिमा लोकतान्र्तिक प्यानाबाट जुद्ध बहादुर थापालाई संयोजकमा र मान बहादुर मल्ल ठकुरी र चण्डीकला बंशीलाई सदस्यमा उठाइएको छ ।

 

देउराली हुप्सेकोट सहरी खानेपानी संस्थाले हाल २४४८ धारा जडान गरिसकेको छ । सहरी आयोजनामा प्रवेश गरे पश्चात ३६५२ उपभोक्ता पुगेका छन् तर चुनावमा ३१३१ जनाको नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।
बाँकी ५२१ सदस्यले भने सहरी योजनामा जाँदा उपभोक्ताबाट उठाएको रकम नतिरेकाले मतदानमा समावेश हुन नपाउने निर्वाचन समितिले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस