२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

काङ्ग्रेस महाधिवेशनमा चर्चामा देखियो देवेन्द्रराज कण्डेलको पुस्तक:”बोनसको यो जिवन”

२०७८ मंसिर २४, शुक्रबार प्रकाशित ( साल अघि) १०२८ पाठक संख्या

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ। काठमाडौंको भृकुटी मण्डपमा महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदै गर्दा महाधिवेशनमा कांग्रेस नेतृत्वमा आकांक्षा राख्नेहरु चुनाव प्रचारमा पनि तल्लिन छन्। नेताहरु तथा तीनका समर्थकहरूले चुनाव प्रचारका विभिन्न अस्त्रहरु प्रयोग गरेका छन्।

यस्तैमा पूर्व राज्यमन्त्रीसमेत रहेका नवलपरासी पश्चिमका सांसद देवेन्द्रराज कण्डेलले आफ्नो संस्मरण ‘बोनसको यो जीवन’ पुस्तक महाधिवेशन प्रतिनिधिहरुलाई बाँड्दै मत मागिरहेका छन्।

लुम्बिनी प्रदेशको प्रदेश सभापतिमा आकांक्षा राखेका कण्डेलले त्यहाँ भरत शाहलाई समर्थन गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

FB_IMG_1639124912272

कांग्रेस महाधिवेशनको उद्घाटनस्थल भृकुटी मण्डपको प्रवेश द्वारको आडैमा पुस्तक लिएर कण्डेलका समर्थकहरु पुस्तक बाँडिरहेका छन्। छेउमा उभिएर कण्डेल मतदातालाई नमस्कार गर्दैछन्।

‘तपाईँलाई उपहार यो पुस्तक। एक भोट देवेन्द्रराज कण्डेललाई केन्द्रीय सदस्यमा दिनुहोला- लुम्विनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार,’ पुस्तक बाँडिरहेका उनका समर्थकले मत माग्दै भन्दैछन्।

पुस्तकको भूमिकामा कण्डेलले लेेखेका छन्- ‘म पटक पटक मरेर बाँचिरहेको छु। चुनौती भन्ने के हो भने त्यो त जीवनमा मेरो जति कसको आयो होला र भन्ने लाग्छ। काल पनि कायल भएर भागेको कथाहरु धेरै छन्। तर शरीरमै गोली लागेर पनि बाँचेको यो मेरो जीवन बोनसकै जीवन हो।’

FB_IMG_1639124944793

उनले ईश्वरको कृपाले मतदाता र पार्टीको माध्यमबाट समाजसेवा गर्ने अवसर पुन: प्राप्त गरेको उल्लेख गरेका छन्। ‘प्रत्यक्ष र परोक्ष रुपमा पार्टीका साथीहरु, आफन्त र जनमानसको शुभेच्छाले यो ठाउँमा र यो रुपमा आइपुगेको छु। मेरो स्वास्थ्यलाभको लागि प्रार्थना गुनहुने सबैप्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु,’ उनले लेखेका छन्।

उनको पुस्तकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कण्डेलको जीवन बोनसको जीवन भएको लेखेका छन्।

‘मलाई थाहा छ, साँच्चै देवेन्द्र राज कण्डेलजीको जीवन बोनसकै जीवन हो,’ उनले लेखेका छन्, ‘माओवादी आक्रमण, गाडी दुर्घटनालगायतको क्षणहरुलाई जितेर उहाँले यो जीवन प्राप्त गर्नु भएको छ।’

 

त्यसैगरी पहिलो चरणमा ६००० प्रती उपहार स्वरुप बितरण गरिने छ । पछि उक्त पुस्तकलाई अधिराज्यका पुस्तक पसलहरुमा बिक्रीमा राखिने र सो”को आम्दानीको पैसा गरिब असाहयलाई आँखा सबन्धी निशुल्क उपचारका लागि नेपाल नेत्र ज्योती संघ सङ्ग सम्बन्धी आँखा अस्पताललाई प्रदान गरिने समेत योजना रहेको कण्डेलका स्वकिय सचिब कमल किशोर रायमाझीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%१%१%

प्रतिक्रिया दिनुहोस