२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीबाट पक्राउ परेका पाँच जुवाडे

२०७८ मंसिर २३, बिहिबार प्रकाशित ( साल अघि) ९९५ पाठक संख्या

कावासोती । नवलपुरमा पाँच जुवाडेलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं‍. १४ साहाराचोकमा जुवा खेल्दै गरेका पाँचजना पक्राउ परेका हुन् ।

उनिहरुको साथबाट एकलाख एकासी हजार सात सय पाँच रुपैँया बरामद भएको नवलपुर प्रहरीले जनाएको छ । देवचुली १४ स्थित सुरेन्द्र श्रेष्ठको घरमा जुवा खेल्दै गरेको अवस्थामा श्रेष्ठ सहित स्थानीय खोमलाल रिजाल, युवराज न्यौपाने, ओम प्रसाद पौडेल र कृष्ण बहादुर थापा पक्राउ परेको प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाइ मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस