२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु  

२०७८ मंसिर २२, बुधबार प्रकाशित ( साल अघि) २३७० पाठक संख्या

कावासोती  – नवलपुरमा गैंडाले आक्रमण गर्दा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् ।

महतोलाई आफ्नै घर नजिकै रहेको चउरमा गएर बस्दै गएको बेलामा  दिउँसो २ बजेतिर जंगली जनावर गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शेरगञ्ज क्षेत्र नारायणी नदीको आडमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको ठाउँ हो । यहाँ वन्यजन्तु आक्रमणको जोखिम हुने गर्दछ। दिउँसै गैंडा खेतमा आउने गर्दछन् । त्यसैले जंगल जाँदा बाहिर निस्किदा विशेष सावधानी अपनाउन वडाध्यक्ष देब नारायण महतोले स्थानीयसँग अनुरोध गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१५%

प्रतिक्रिया दिनुहोस