२०८२ बैशाख ३०, मंगलबार
नयाँ
पछिला अपडेट

गैँडाकोट नगरपालिकाका ७ जना कर्मचारीले एकैपटक छाडे

२०७८ मंसिर २१, मंगलबार प्रकाशित ( साल अघि) १९२३ पाठक संख्या

प्रेम क्षेत्री, गैँडाकोट । गैँडाकोट नगरपालिकाका ७ जना कर्मचारीले एकैपटक छाडेका छन् । यसअघि रोजाइमा परि गैँडाकोट आएका पालिकामा कार्यरत कर्मचारीले किन छोडेको नखुले पनि अहिले आफूलाई अपायक भएको उल्लेख गरेका छन् ।

प्रशासनतर्फका ४ जना र ३ जना ईन्जिनियरको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको सरुवा गरेको हो ।

गैँडाकोट नगरपालिकामा कार्यरत प्रशासनतर्फका सहायक स्तर पाँचौ लक्ष्मण रानालाई रैनादेवी छहरा गाउँपालिका पाल्पा, अधिकृत स्तरका सहायक स्तर चौंथो, असिस्टेन्ट सब ईन्जिनियर नरेन्द्र खड्कालाई शारदा नगरपालिका सल्यान, प्रशासनतर्फका सहायक स्तर पाँचौ सुमन खरेललाई मुसिकोट नगरपालिका गुल्मी, असिस्टेन्ट सब ईन्जिनियर बिमला बुढा मगरलाई मुसिकोट नगरपालिका रुकुम पश्चिम, सब ईन्जिनियर मनिषा चन्दलाई मुसिकोट नगरपालिका रुकुम पश्चिम, प्रशासन सहायक स्तर चौंथो हरिप्रसाद रेग्मीलाई कुस्मा नगरपालिका पर्वत र असिस्टेन्ट सब ईन्जिनियर राहुलकुमार शाहलाई चन्द्रपुर नगरपालिका रौतहट सरुवा गरिएको छ ।

यसअघि रोजाइमा परि गैँडाकोट आएका पालिकामा कार्यरत कर्मचारीले अहिले आफूलाई अपायक भएको भन्दै मन्त्रालयमा दिएको निवेदनका आधारमा अर्को पालिकामा खटाउने निर्णय गरेको मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । एक पालिकाबाट अर्को पालिकामा सरुवा हुनका लागि काम गरिरहेको पालिका र जान चाहेको पालिका दुवैको सहमति आवश्यक पर्छ ।

पालिका तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तरपालिका तह कामकाजमा खटाउने निर्णय भएको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस