२०८३ बैशाख २२, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न , नवज्योति पतवारी प्रथम

२०७८ मंसिर १८, शनिबार प्रकाशित ( साल अघि) १३९० पाठक संख्या

प्रिय धन

चोरमारा  । मध्यविन्दु नगरपालिकामा हिजो हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मध्यविन्दु नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय अन्तर्गत नि.मा.वि. तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा लक्ष्मी आदर्श आधारभूत विद्यालयको संयोजनमा मध्यविन्दु ७ अम्रसामा कार्यक्रम सम्पन्न भएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा नवज्योति आधारभूत विद्यालय मध्यविन्दु १ पतवारीका सृष्टि बिक र सिजन नन्द प्रथम हुनुभएको छ । दुर्गा आधारभूत विद्यालय मध्यविन्दु  ६ टांडीका शिव बस्याल र टिका थनेत द्वितीय , नेपाल लोकसेवा मावि मध्यविन्दु ९ बसन्तपुरका रोशन रेग्मी र समीक्षा भुसाल  तृतीय र  जनता मावि मध्यविन्दु ६ हर्दियाका संस्कृति भट्टराई र साजन न्यौपाने सान्तवना हुनुभएको छ ।

Received_170189841966967

उहाँहरुले क्रमशः नगद ५ हजार , ४ हजार , ३ हजार र २ हजार प्राप्त गर्नुभएको थियो । हाजिरीजवाफ प्रतियोगितामा नगर भित्रका २६ विद्यालयको सहाभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एवं मध्यविन्दु ७ का वडा अध्यक्ष अमृत प्रसाद ज्ञवालीले सम्पूर्ण विद्यार्थीहरुमा बधाई ज्ञापन गर्दै यस्ता प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीको बौद्धिक क्षमता बृद्धि हुने भन्दै यस्ता खालका कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड़ दिनुभयो ।

उहाँले मध्यविन्दु ७ को तर्फबाट शैक्षिक विकासका निम्ति जस्तो सुकै सहयोग गर्न प्रतिवद्ध रहेको समेत प्रष्ट पार्नुभयो । यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहनुभएका मध्यविन्दु नगरपालिका शिक्षा  युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव टेक प्रसाद पाण्डेले  गत वर्ष कोभिड संक्रमण जोखिमका कारण नगर शिक्षा शाखाले कुनै पनि कार्यक्रम आयोजना गर्न नसकेकोमा यस बर्ष भने संभव भए सम्मका सबै योजना अनुसारका कार्यक्रम सम्पन्न गर्ने बताउनुभयो ।

साथै पाण्डेले पुनस् ओमिक्रोन कोरोना भाइरस भित्रिन सक्ने भन्दै सत्य तथ्य बुझि सोही अनुसारको पढ़ाई व्यवस्थापन गर्नुहुन विद्यार्थीहरुलाई सुझाउनुभयो ।  कार्यक्रममा मध्यविन्दु ७ का वडा सदस्य कमल महतो , सिर्जनशील आमा समूह अम्रसाका अध्यक्ष  शिव कुमारी मल्ल , अम्रसा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष लाल बहादुर मल्ल , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सुनिता हमाल भुर्तेल , सुवास पराजुली ,  नेपाल लोकसेवा मावि बसन्तपुरका प्रधानाध्यापक लेखराज भण्डारी , हुप्सेकोट आधारभूत विद्यालय मध्यविन्दु १४ का प्रधानाध्यापक दुर्गा बहादुर सोती , बिरेन्द्र मावि द्वारदहका प्रधानाध्यापक हेमराज ढुंगाना लगायतकाको उपस्थिति रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो ।

कार्यक्रम लक्ष्मी आदर्श आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षता तथा मध्यविन्दु ७ का वडा अध्यक्ष अमृत प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस