२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागूऔषध सहित १ जना पक्राउ

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित ( साल अघि) १५९० पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्नेबाट नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन र ६ एम्पुल नुफिन सहित कास्की पोखरा महानगरपालिका- ९ बसपार्क बस्ने २३ वर्षीय विकाश गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लु १ ख ४१९५ नम्बरको बसलाई प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%२%३%१%

प्रतिक्रिया दिनुहोस