२०८२ बैशाख २३, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर जेसीजको कावासोतीमा निशुल्क आँखा शिविर 

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

मिना कडेल , कवासोती  । नवलपुर जेसीजले कावासोतीको जनविकास विद्याश्रम विद्यालयमा निशुल्क आँखा शिविर गरेको छ ।

नवलपुर जेसीज बर्ष २०२१ ले बुधबारबाट शुरु गरेको जेसिज सप्ताहा अन्तरगत दोस्रो दिन बिहिवार कावासोती ३ मा रहेको जनविकास विद्याश्रम विद्यालयमा निशुल्क आँखा शिविर संचालन गरेको छ ।

 

विद्यालयमा अध्ययनरत कक्षा एक देखि आठ सम्मका एक सय ४५ विधार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैको आँखा चेकजाँच गरिएको छ ।

आँखामा समस्या देखाएका विधार्थीलाई कावासोतीको नवलपुर अस्पतालमा औषधी र चस्माको लागि रिफर गरिएको नवलपुर जेसीज बर्ष २०२१ का अध्यक्ष विष्णु कंडेलले बताए ।

 

आखाँ शिविरमा ओप्टिमेटिस डाक्टर गिता भट््राईले आखाँ चेकजाँच गर्नुका साथै प्रयोगशाला सहायक अंगिता थापाले सहजिकरण गरेका थिए ।

 

समाजमा रहेर मानवको सेवा गर्नु नै धर्म भएकाले सामाजिक कार्यतर्फ नवपुर जेसीस लागि परेको भन्दै नवलपुर जेसीज बर्ष २०२१ ले बुधबारबाट मंसीर २१ गतेसम्म सप्ताहब्यापी कार्यक्रमको आयोजना गरिएको नवलपुर जेसीज बर्ष २०२१ का अध्यक्ष विष्णु कंडेलले बताए ।

 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको निशुल्क आँखा शिविर कार्यक्रमको अध्यक्षता नवलपुर जेसीज बर्ष २०२१ का अध्यक्ष विष्णु कंडेलले गरेका थिए ।नवलपुर जेसीज वर्ष २०२१ का स्वास्थ्य डाईरेक्टर जेसी स्याम अधिकारीको संयोजनमा कार्यक्रम गरिएको थियो ।

 

यसैगरी सप्ताहब्यापी कार्यक्रम अन्तर्गत १७ गते अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कावासोती ८ मा रहेको मौलाकालिका अपाङ्ग पुनरुत्थान संस्थामा खाद्यान्न वितरण, १८ गते मध्यविन्दु जिल्ला अस्पतालमा बिरामीका लागि फलफूल वितरण कार्यक्रम, १९ गते कावासोती ३ को जीवनज्योति माविमा विद्यार्थीका लागि रक्त समूह परिक्षण, २० गते कावासोती ९ मा रहेको कावासोती आधारभुत विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण र मंसीर २१ गते जेसीज यात्रा र पूर्व अध्यक्षहरुसँगको साक्षात्कार कार्यक्रम सहित जेसीज सप्ताहको समापन हुने नवलपुर जेसीज वर्ष २०२१ का कार्यकारी उपाध्यक्ष एवं सप्ताहब्यापी कार्यक्रम मूल समितिका संयोजक राधिका भुसालले जानकारी दिए । बुधवार धार्मिक स्थल सरसफाई तथा डष्टविन वितरण भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस