२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १८७ भन्दा बढीको निशुल्क मोतिबिन्दु अप्रेसन गरे

२०७८ मंसिर १५, बुधबार प्रकाशित ( साल अघि) १२०१ पाठक संख्या

कावासोती । नवलपुरमा तिलगंगा आखा उपचार केन्द्र र रोटरी क्ल्वको आयोजना तथा स्थानिय सहयोगी संस्थाहरु रेडियो सामथ्र्य ९२.१ मेगाहर्ज, लायन्स क्लव नवलपर कावासोती,मध्यविन्दु जिल्ला अस्पताल र मध्यविन्दु आखाँ उपचार केन्द्र कावासोतीको सहकार्यमा मोतिविन्दु निशुल्क आँखा अप्रेसन सम्पन्न भईर्हेको छ।

आखाँ शिविरमा १८७ जनाको निशुल्क मोतियाबिन्दुको सल्यक्रिया गरीएको छ भने १ हजार भन्दा बढीले आखाँ परिक्षण मार्फत सेवा लिएका छन ।

गत मंसिर ८ गते देखी कावासोती आसपारका स्थानिय पालिकाको ग्रामीण क्षेत्रमा आँखा शिविर संचालन गरी मोतियाबिन्दुका बिरामी छनौट गरी मंसिर १२ गते देखी १४ गते सम्म छनौट गरिएका बिरामीका शल्यक्रिया गरिएको रेडियो सामथ्र्यका अध्यक्ष एवम् रोटरी क्लव कावासोतीका अध्यक्ष भरत शर्मा पोख्रेलले बताउनुभयो ।

आज चौथो दिन सम्म संञ्चालन गरिएको शिविरमा १८७ जनाले माृतियाबिन्दुको निशुल्क शल्यक्रिया गरेका छन् । विरामीको चाँप परे सगै आज पनी सल्यक्रिया कार्यलाई निरन्तर दिएको रेडियो सामाथ्र्यका प्रवन्ध निर्देशक बुद्धि सागर पोख्रेलले जानाकारी दिनुभएको छ ।

बिशेष गरी ग्रामिण क्षेत्रका नागरीक मोतियाबिन्दुको संक्रमणबाट दृष्टी विहिन हुन नपरोस भनेर सामाजीक क्षेत्रमा कार्य गर्दै आएका संस्थाहरु रोटरि क्लव कावासोती , लायन्स क्लव अफ नवलपुर कावासोति, रेडियो सार्मथ्य ९२.१ मगाहर्ज, मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीको स्थसंयोजनमा निशुल्क आँखा शिविर संचालन गरिएको रोटरी क्लव कावासोतीका संस्थापक अध्यक्ष एवम् रेडियो सामथ्र्यका अध्यक्ष भरत शर्मा पोख्रेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस