२०८२ बैशाख २३, मंगलबार
नयाँ
पछिला अपडेट

 देवचुली र कावासोतीबाट विभिन्न पार्टी परित्याग गरि ३२ जना नेकपा समाजवादीमा प्रवेश

२०७८ मंसिर १५, बुधबार प्रकाशित ( साल अघि) ७४९ पाठक संख्या

कावासोती । नेकपा एकिकृत समाजबादी नवलपुरले संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठन बिस्तारकै क्रममा आज मंगलवार ३२ जनालाई पार्टी कार्यालय कावासोतीमा आयोजित कार्यक्रमममा प्रवेश तथा स्वागत गरिएको जनाईएको छ ।

कावासोती र देवचुलीका ३२ जना प्राज्ञिक, बौद्धिक तथा युवाले नेकपा एमाले परित्याग गरी समाजबादी पार्टीमा प्रवेश गरेको पार्टीको दावी छ ।

उसका अनुसार एमाले छाडेर आउनेमा प्राध्यापक, ईन्जिनियर, शैक्षिक क्षेत्रमा क्रियाशील, सामाजिक क्षेत्रमा स्थापित ब्यक्तिहरु छन्।

नव प्रवेशीलाई नेकपा एसका केन्द्रीय कमिटि सदस्य एवं नवलपुर ईन्चार्ज डा. गोपाल खनालले टीका–खाँदा लगाएर पार्टी प्रवेश गराएका थिए भने जिल्ला अध्यक्ष शालिकराम भटराईले स्वागत गरेका थिए । प्रवेश कार्यक्रमको सहजीकरण सचिवालय सदस्य हुमाकान्त पराजुलीले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस