२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

बजार पाएन नवलपुरको सुन्तलाले

२०७८ मंसिर १४, मंगलबार प्रकाशित ( साल अघि) २६०७ पाठक संख्या

 

“न सडक सुविधा न व्यापार चल्ने बजार नै छन्”

कावासोती । यातायातको पहुच नहुदा नवलपुरका पहाडि क्षेत्रमा उत्पादन भएका सुन्तलाले बजार लिन सकेनन् । नवलपुरको बौदीकाली गाउँपालिका ५ बबकमा उत्पादन भएका २५ देखि ३० क्वीन्टल सुन्ताला बजार सम्म पुर्याउन नसक्दा कृषकहरुले ठुलो नोक्सान व्यहोर्नु परेको बताएका छन ।

पहाडी भेगमा अझै सहज तरिकाले यातायाता पुग्न नसक्दा सुन्तला उत्पादन गरेका कृषकहरु मर्कामा परेका छन् । बबकका ६२ घरधुरीले नै सुन्तला खेती गर्छन् । सुन्तला उत्पादन राम्रो भएको भए पनि यो वर्ष कृषकले समयमा बजार पुर्याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरुले गुनासो गरेका छन ।

उत्पादनको हिसाबले नवलपुरको सुन्तला स्थानिय बजार समेत धान्न नसक्ने गरि धेरै मात्रामा सुन्तला उत्पादन हुन्छ, तर उत्पादन भएका सुन्तला यातायात समस्याकै कारण ठुला बजारमा खपत हुन नसक्दा कृषकले गरेको मिहिनत खेर गएको छ । सुन्तला उत्पादन गरेका कृषकहरुलाई बाटो मात्र बाधा बनेको छैन उनिहरुका लागि बजार भाउ पनि अर्को समस्याको विषय बनेको छ ।

कृषकका अनुसार उत्पादन गरेको सुन्तलाको मुल्य कृषकले आफ्नो मुल्यमा बेच्न पाएका छैनन् । सुन्तलाको मुल्य व्यवशायिहरुले नै तोक्दा सोचेजती मुल्य समेत पाउन नसकेको गुनासो गरेका छन ।

बबकका स्थानीयको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला खेती हो । सुन्तलाको बजारीकरण हुन नसक्दा यो सिजनमा व्यवसाय नै धराशायी बन्न पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%८%४%

प्रतिक्रिया दिनुहोस