२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित

२०७८ मंसिर १४, मंगलबार प्रकाशित ( साल अघि) ८२९ पाठक संख्या

कावासोती । नेपाली कांग्रेसको यही मंसिर १६ र १७ का लागि भनिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ का लागि सरेसँगै मंसिर १९ र २० गते हुने भनिएको नवलपुर कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ ।

यसअघि मंसिर १० र ११ गते तय भएको जिल्ला अधिवेशन आवश्यक तयारी नपुगेको भन्दै मंसिर १९ र २० गतेलाई तोकिएको थियो । प्रदेश अधिवेशनको नयाँ मिति मंसिर १८ र १९ लाई तोकिएपछि नवलपुर कांग्रेसको जिल्ला अधिवेशन तोकिएको मितिमा नहुने देखिएको छ ।

कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले प्रदेशको मिति सरेको आफूले पनि सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै यस विषयमा जिल्ला निर्वाचन समितिसँग छलफल गर्ने बताए ।

कांग्रेस नवलपुरका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले पनि प्रदेशको कार्यतालिका सरेको अनौपचारिक जानकारी पाएको बताए । औपचारिक रुपमा जानकारी आएपछि जिल्ला अधिवेशनको विषयमा निर्वाचन समिति र पार्टीका नेताहरुसँग छलफल गरेर आवश्यक निर्णय लिइने सिग्देलले बताए ।

‘प्रदेश अधिवेशन मंसिर १८ र १९ मा तय भए जिल्लाको मंसिर १९ र २० मा सम्भव छैन, यस विषयमा पार्टीका नेताहरुसँग आवश्यक छलफल गरेर उचित निर्णय लिन्छौ’, सिग्देलले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस