२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अटोले पैदलयात्रुलाई ठक्कर दिंदा एकजनाको मृत्यु, २ जना घाइते

२०७८ मंसिर १३, सोमबार प्रकाशित ( साल अघि) ६९७३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती ११ लौगाँई स्थित भित्री सडक खण्डमा अटोले पैदलयात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

आइतबार राती ९ बजे लु १ ह १०३३ नंम्बरको अटोले
पैदलयात्रीलाई ठक्कर दिदा एकै परिवारका ३ जना रहेका छन् । घाईले मध्ये बाबुको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कावासोती ११ लौगाईका बर्ष ४९ का गोपाल चापागाईको मृत्यु भएको हो । घाइते हुने मृतक चापागाईकी श्रीमती बर्ष ४६ का राधा चापागाई र चापागाई कै छोरा बर्ष २९ का पंकज चापागाई रहेको डिएसपी गिरीले बताउनु भयो ।

दुबै आमा छोरोको उपचार भरतपुरमा भइरहेको प्रहरीले जानकारी दिएको छ । अटो प्रहरी नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोर उनको खोजी कार्य भइरहेको डिएसपी गिरीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%२%८%१%७६%१२%

प्रतिक्रिया दिनुहोस