२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरका विभिन्न विद्यालय र आश्रममा चाइना स्टेट कन्ट्रक्सनद्धारा सहयोग हस्तान्तरण

२०७८ मंसिर १३, सोमबार प्रकाशित ( साल अघि) १८०३ पाठक संख्या

बिबेक भण्डारी

कावासोती । चाइना स्टेट कन्ट्रक्सनले सामाजिक उत्तर दायित्व अन्तरर्गत कार्यक्रम सुरु गरेको छ । कोभिड अघि देखि चाइना स्टेट कन्ट्रक्सने सामाजिक उत्तर दायित्व अन्तरर्गत रहेर नवलपुरको विभिन्न स्थानमा रहेका विद्यालय तथा सामाजिक क्षेत्रमा सहयोग हस्तान्तरण गर्दै आएको जनाएको छ ।

आइतवार चाइना स्टेटले नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर वडा नम्बर ६ मा रहेको दुर्गा आधारभुत विद्यालयमा एक लाख ३० हजार बराबरको खेलकुद सामाग्रि प्रदान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपलाल भण्डारीको अध्यक्षतामा एक कार्यक्रम नै आयोजना गरि चाइना स्टेट कन्ट्रक्सनले विद्यालयलाई खेलकुद सामाग्रि प्रदान गरेको हो । उक्त कार्यक्रममा चाइना स्टेट कन्ट्रक्सनका सि ओ मिस्टर युचान , मिस्टर चेन , मिस्टर जाँग नेई वेई र राकेश झा उक्त खेलकुद सामाग्रि विद्यालयका प्रध्यानाध्यापक कर्णबहादुर थापालाई हस्तान्तरण गरेका हुन।

बुटवल नारायणगढ सडक निर्माणको जिम्मा पाएको उक्त कन्ट्रक्सनले सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ नवलपरासी र नवलपुरका विभिन्न क्षेत्रमा सहयोग एवंम सामाजिक उत्तर दायित्व अन्तरर्गत कार्य गरेको चाइना स्टेट कन्ट्रक्सन तर्फबाट राकेश झाले बताए ।

चाइना स्टेट कन्ट्रक्सनले सडक निर्माण संगै विपन्न अवस्थामा रहेका विद्यालयहरुलाई आवस्यक सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपलाल भण्डारीले धन्यवाद व्यक्त गरे ।

यस्तै विद्यालयका लागि चाइना स्टेट कन्ट्रक्सनले गरेको सहयोग महत्वपुर्ण भएको भन्दै सडक संगै सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गरेर विद्यालयलाई आवस्यक सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरे ।

चाइना स्टेट कन्ट्रक्सनका तर्फबाट इश्वर भट्टराईले कार्यक्रमको संयोजक गरेका थिए । संयोजक भट्टराईका अनुसार यस अघि चाइना कन्ट्रक्सनले कोहुल्वामा रहेको अरविन्द आश्रम , गैडाकोटको जनक मावि र मध्यविन्दु चोरमाराको दुर्गा आधारभुत विद्यालयमा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%३%१%

प्रतिक्रिया दिनुहोस