२०८३ आश्विन ६, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुबाट ४९ हजार नगद सहित १० जना जुवाडे पक्राउ

२०७८ मंसिर ६, सोमबार प्रकाशित ( साल अघि) १८३१ पाठक संख्या

नवलपुर । नवलपुरको मध्यविन्दुबाट नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । मध्यवन्दु नगरपालिकाको वडा नं. ११ मझुवाबाट प्रहरीले ४९ हजार ३ सय १५ रुपैंया नगद र ३ बुक ताससहित १० जनालाई आईतवार नियन्त्रणमा लिएको हो ।

स्थानीय रोमन बयम्वुको घरबाट उनीहरुलाई नियन्त्रणमा लिईएको नवलपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घरधनी २७ बर्षका बयम्वु, ४० बर्षका शेरबहादुर कुमाल, बर्ष २८ का रमेश कुमाल, ७० बर्षीय जयशंकर पछाई क्षेत्री, २८ बर्षीय किसन बिक, ४९ बर्षका शेरबहादुर कुमाल, ३१ बर्षीय रिकबहादुर कुमाल, २० बर्षका सुजन थापा, बर्ष ६५ का सन्तबहादुर थापा, ४६ बर्षका भेषबहादुर रायमाझी छन् ।

पक्राउ परेकालाई जुवा कसुर मुद्धामा कारवाही अगाडी बढाईएको जिलला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस