२०८३ श्रावण २७, बुधबार
नयाँ
पछिला अपडेट

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

२०७८ मंसिर ६, सोमबार प्रकाशित ( साल अघि) ८२८ पाठक संख्या

कावासोती । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार चौधरी मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य समेत रहेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन भने मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस