२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्यसमितिको संयोजकमा राजनप्रसाद पोख्रेल चयन

२०७८ कार्तिक २१, आईतबार प्रकाशित ( साल अघि) १०९१ पाठक संख्या

नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेश कार्य समितिको संयोजकमा राजन प्रसाद पोख्रेल चयन हुनुभएको छ । सोमबार बसेको सङ्घको बैठकले एन आई सी एसिया बैङ्क लि. प्रदेश कार्यालय सुर्खेत का प्रमुख राजन प्रसाद पोखरेलको संयोजकत्वमा ७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो ।

बैठकले ग्लोबल आई एम ई बैङ्क लिई.मा कार्यरत विष्णु अर्याललाई उप–संयोजक र सिभिल बैङ्क  लिई. मा कार्यरत अभिजित श्रेष्ठलाई सचिवमा चयन गरेको छ । त्यसै गरी सदस्यहरूमा  सेन्चुरी कमर्सीयल बैङ्क लिई. मा कार्यरत धर्म राज श्रेष्ठ, मा कार्यरत विनय गौतम, कुमारी बैङ्क लिई. मा कार्यरत हिमाल मुडभरी र सानिमा बैङ्क लिई मा कार्यरत भोला राज पन्तलाई चयन गरेको छ ।

संयोजकका रुपमा चुनीनुभएका राजन प्रसाद पोखरेल १३ बर्षदेखि  बैँकिङ्ग क्षेत्रमा कार्यरत रहनु भएको छ । एन आई सी एसिया बैङ्क लि. कर्णाली प्रदेशको प्रमुख हुनुभन्दा पहिले उहाँ लुम्बिनी प्रदेश–प्रदेश कार्यालयको उप–प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । नवनियुक्त संयोजक पोखरेलका अनुसार सङ्घले आगामी दिनहरूमा यस क्षेत्रमा वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्र सँग सम्बन्धित  कार्यक्रमहरू ल्याइने जानकारी गराउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस