२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोट एमाले चुनावी परिणामः अध्यक्षमा दोहोरिए लामिछाने

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) १५३२ पाठक संख्या

गैडाकाेट ।  नेकपा एमाले गैँडाकोट नगर कमिटीको अध्यक्षमा षडानन्द लामिछाने बिजयी भएका छन् । प्रतिष्पर्धी गिरीराज उपाध्यायलाई ४१ मतले पछि पार्दै लामिछाने बिजयी भएका हुन्। लामिछानेले २२९ मत प्राप्त गर्दा उपाध्यायले १८८ मत प्राप्त गरे ।नगर उपसचिवमा श्रीराम सुवेदी र कोकिसरा राना मगर विजयी भए।

सुवेदीले २३१ मत प्राप्त गर्दै विजयी  भए भने  रानामगरले १७६ मत प्राप्त गरि विजयी भईन् । उपसचिव पदमा खेमनारायण लम्सालले १३२, विमल शर्माले १२० र नरबहादुर थापाले १२१ मतमा चित्त बुझाए । गैँडाकोट १३ जनशक्ति आधारभुत विद्यालयको परिसरमा अध्यक्ष र  उपसचिव चयनका लागि आज भएको मतदानमा ४३९ जनाले मतदान गरेका थिए ।

जम्मा ४५० मध्ये ४३९ मत खसेको थियो । यसअघि मतदानपूर्व उपाध्यक्ष पदका उम्मेदवार देविदत्त कंडेल र रेखा पौडेलले उम्मेदवारी फिर्ता लिएपछि नवराज कंडेल सर्वसम्मत उपाध्यक्षमा निर्वाचित भए ।  त्यसअघि हिजो सचिवमा जगन्नाथ पौडेल सर्वसम्मत चयन भैसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस