२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाल प्रहरीले यसरी मनायो कुकुर तिहार

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) ८११ पाठक संख्या

काठमाडौं । यमपञ्चकको दोस्रो दिन बुधवार कुकुर पूजा विभिन्न कार्यक्रम गर्दै मनाइदै छ । कुकुरलाइ वफादार पहरेदारको रुपमा लिने गरिन्छ ।  सोहि अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बुधबार  कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्प तर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। देउती गुरूङले पुरस्कार प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत उहाँले पुरस्कार प्रदान गर्नु भएको छ ।

_DSC0630

कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान,अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस