२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

भाइटीकाको उत्तम साइत कात्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा

२०७८ कार्तिक १६, मंगलबार प्रकाशित ( साल अघि) ५६६ पाठक संख्या

काठमाडौं । यसपालिक भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ ।

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस